बुझेर नि अबुझ अहिले,
खै किन के गुन देख्छौ तिमी?
बदलियो समय,
बदलियो रंग,
हरायो आस्था, हराए भावना,
यो खोक्रो खोस्टामा अझै किन जीवन खोज्छौ तिमी?
खै कहाँको परी देख्छौ र तिमी?
बद्लियो समय, बद्लियो धारणा,
हराएका आस्था,
गुमेको आवाज,
अर्थहीण! अर्थहीण!
ओइलेको भावना ।
ढुकढुकी बिहिन !!
No comments:
Post a Comment