Monday, January 11, 2016

त्यो ढोका बन्द गरेको लामै भयो झै लाग्यो,
खोलुँ भन्दा नि जानिन,
नखोलुँ भन्दा नि सकिन।
अब त आफैँलाई पत्ओ छैन
त्यहाँ लुकेको भग्नावशेश् बारे ,
सायद प्रकाशको छिट्आ
उमकिनेथ्यो कि.?
सायद गुम्सिएका बस्तुहरू सहजले फुत्किनेथ्यो ?
ताल्चा छिर्ने दुलै नजम्मिए.-
त्यहीँ नियालि हेर्ने थे
समयको तिव्र गतिले बुनेका
अट्टेरी जालोको वास्तविक्ता स्मरण
गर्नेथेँ ।
अनि फेरि द्वार खट्खट्आउँथे,
मुक्ति दिन आएको भनि भित्रका कर्णहरूलाई सुनाऊँथे ।।