Tuesday, December 30, 2014

30th dec 2014 , 13:40hrs

शाहसको मुना फक्रिएको,
चारैतिर पर्खालमा- क, ख, ग, घ कोरिएको;
रोशनी छिर्ने सानो दुलोबाट सपनाको दृश्य खोलिएको ।
नयनहरुमा आँटको व्दीप जलजल,
हातहरुमा हस्तकलाप्रतिको मोह,
वाणीहरुमा वीधाप्रतिको खुलदुल,
स-साना पाइलाहरुमा ईश्वरको दूवा ।
नबुझोस् त्यो द्वीप,
नसेलाओस् त्यो मोह,
नढल्कोस् त्यो खुलदुलि,
खुलिरहोस् सदैव त्यो दृश्य,
हौशला र जीवनको प्रतिबिम्व,
धर्ति फुटाएर उम्रिदै गरेको,
जीवन छर्दै खुशीमा तैरेको,
सूर्यले चुम्दा फूलसरि फूलेको,
हौशला र जीवनको प्रतिविम्ब ।।