Monday, April 8, 2013

शब्दहरु यी मेरा

शब्दहरु यी मेरा आज फीका लागीरहेछ,
झुटको बुनियाँदमा अल्मलिएर आत्मीय सार हराए झै लागीरहेछ,
शब्दहरु यी मेरा,
अर्थको तलासमा भौतारीरहेछ,
मुर्तीहरुको रंगमंचदेखि टाढा सुफीको व्दार खट्खटाइरहेछ,
शब्दहरु यी मेरा।। शब्दहरु यी मेरा आज फीका लागीरहेछ,
झुटको बुनियाँदमा अल्मलिएर आत्मीय सार हराए झै लागीरहेछ,
शब्दहरु यी मेरा,
अर्थको तलासमा भौतारीरहेछ,
मुर्तीहरुको रंगमंचदेखि टाढा सुफीको व्दार खट्खटाइरहेछ,
शब्दहरु यी मेरा।।

9th april 2013

म सँग तिम्रो कै गुनासो छैन,
तिम्रो मायाको कै संको छैन;
केवल तिमी फेरी मुस्कुराइदेउ,
तेसैमा सन्तुस्टी, तेसैमा खुशी।

यादका पत्र छरिएछ यो मनमा,
अमर यो खोट, यो चराएको घाउमा;
कसरी म हाँसु तिमीनै भनन,
कसरी म भुलाउ तिमीनै बुझन।

भारी-भारी यो छाती
टाँडिएछ नीँदपनि;
ती पल -ती क्षणहरुको यादमा,
संसार भुलाइ रमाएका ती दिनहरुमा।

अन्जानीमा के भुल गरे यो मैले,
रुवाएर तिमीलाई म खुशी कहँा थे?
सताएर तिमीलाई म आनन्दित कहाँ थे?
तिम्रो ममतामा हुर्के,
म जसो थे, तिमीसँग खुशी थे।

आज झर्छ यो आँशु त्यो कथाको अन्त्यायीमा,
मायुस यो आत्मा थकित तिम्रै प्रखाइमा,
छट्पटिन्छ हरेक अंग कठाँग्रिदै ति यादमा।।

Wednesday, April 3, 2013

after Skype conversation with my boju (grandmother) back in kathmandu


-2nd april 2013