बिशाल त्यो गगनमा उडी सयर गर्ने पन्छी ,
सागरको गहिराई मा कथा रचिरहेको जलपरी |
रात्रि को अन्धकारलाई सहारा
दिरहने जुन -तारा;
म यात्री खोजिरहेछु गलतको अभिभारा |
जुन ठाउको आकाश भएनी
जुन रंगको गगन छायेनी (2)
रमाई रहेछ त्यो पन्छी '
आफ्नै ठाँनि पखेटा फीजाई |
सागरको जस्तो स्ववाब भएनी,
हुरीले कहिले जिस्क्येनी ,
सागरको गहिराइमा डुबीरहे त्यस जलपरि ।
रात्रिको बेदना आक्रोसित के नहोस ?
रात भएंकर किन नहोस ?
दि रहे तेस जुन -तारा ले उज्यालो उस्लाई
मुस्कुराई सजैराहे सुन्दरताको परिभासालाई |
अनि म एउटा यात्री
हिड्न खोज्दैथे संसारलाई त्यागी ||
No comments:
Post a Comment