Saturday, November 14, 2015

जीवन छोटो छ,
पानाहरु निरन्तर पल्टिरहेछ;
कथाहरु दैनिकीले सजिरहेछ ,
छेउको मैन बति्  मधुर बलिरहँदा,
मसिले सोचका बृतचित्र कोरिरहेछ ।

नयनहरुले दुरको आकृति केलाउन खोजेझै
मस्तिस्कलाई एकाग्र पार्दै,
व्रतमान परिस्थितिबाट मुक्त भइ अन्य  कतै आत्मिय नगरीको सेरोफेरोमा...
अल्झेका गाँठोहरु सुरिलो लयले फुकाँउदै ।
हृदयबाट सृजित् शब्दहरुले पल्टिँरहेका पानाहरुलाई चोखो अर्थलेपुज्दै,
छिनमा शान्तिको वर पाएसरि,
सारा मनको भार बिसाइ,
आफुभित्रको देउता रमाएर
आशिसको वर्साले मेरो मन्दिर पुणः
पवित्र र दर्हो पार्दै ।
त्यहीँ मसिको जादुमा विश्वास राखेर ,
हरेक नयाँ पानाकोलागि तयार हुँदै -

जीवन छोटो छ
तर कथा मेरो मसिले रंगिनेछ ।