Friday, July 26, 2013

16th july 2013

बुझेर नि अबुझ अहिले,
खै किन के गुन देख्छौ तिमी?
बदलियो समय,
बदलियो रंग,
हरायो आस्था, हराए भावना,
यो खोक्रो खोस्टामा अझै किन जीवन खोज्छौ तिमी?
खै कहाँको परी देख्छौ र तिमी?
बद्लियो समय, बद्लियो धारणा,
हराएका आस्था,
गुमेको आवाज,
अर्थहीण! अर्थहीण!
ओइलेको भावना ।
ढुकढुकी बिहिन !!

दर्शन

म एकादेशमा निकै आस्तिक थिए। आफू भित्र डर हुन्थ्यो , भग्वानको, पापको ।
 लाग्दथ्यो संसार त्यसैमा सिमीत छ। घरि-घरि प्रश्न जाग्थ्यो मनमा तर दिमाग त डरको बन्धि थियो ।
 स-सानो मन्त्र उच्चारण गर्दा आनन्द पाउँथे। विश्वाशको शक्ति सायद - अन्ध विश्वासको ।
आज त्यति नजिक लाग्दैन त्यो संसारको। लाग्छ त्यो केवल एउटा भ्रम हो ।
 तर जब मठमन्दिर सयर गर्दा देख्छु म, चडाएका भेटीहरु! प्रसादहरु, अनि सोही बटुल्न त्तपर असाहयहरु,
मुसकुराहट आउँछ ज्ञानको, र्सदालु भक्तजनहरु जब धपाउन खोज्छन् अनि सफा मनले, सरल सोचाइले।
लाग्छ यो लीला जसले रचे त्यो सायद महान छ। त्यो असाय नानी जुन दिन मैले भेटी टिप्दै रमाएको देखे  | फेरी आस्था पलायो! तर यो पाली त्यो आस्था दृश्य बिहिन थिएन ।

Sunday, July 14, 2013

Ssh.. listen...


Inspiration: visit to Dover

a tribute to my mother :)

बँधिरहोस् सदैव ममताको गाँठो,
थकान मेटाउने, पीँडा भुलाउने
सर्तहीन माया।
न्यानो काखको स्वप्न संसार,
अमृत सरह दिव्य हाँसो,
ममताको बाँडी बगाइदिने ती नेत्रहरु!
मायाको ज्वाला भकभक उम्लिरहेको त्यो हिम्मत दिने छाती,
छाइरह है तिमी मेरै आसपास,
दिरह सहानुभूती, निडर हुन्छु म तिम्रै छहारीमा,
बसीदेउ मेरो बोलीमा, मेरो आउभाउमा,
तिमीनै मेरो सर्व प्रेरणा,
तिमीनै मेरी आमा,
मेरो आँट र वीरंगणा।।