Friday, March 18, 2016

18th march2016

जीवनको उपहारहरूमा,
अनुभुती यो बाँचेको,
रहरका रंगहरुले,
भावनाका भग्नावशेस सिंगारेको,
देखिन नसकिने महसुसका आकारहरू
वायुभरि फैलिएर
कैले छहारी
कैले विकार दिँदै
भावनाको यो भग्नावसेस पूजेको ।
एउटा गोप्य संसार भित्र,
जहाँ म छुँ,
मेरा रहर छन्
पाप र पण्य बीचको खुला मैदान छ,
जहाँ म छुँ
र मेरो नांगो देउता छ ।
त्यहीँ भग्नावशेसको भित्र
भावनाहरु माझ
भावनाहरुबाट टाढा
अनि एकल,
सही र गलत बीच
जहाँ मेरो प्राण इमान्दार छ ।

No comments:

Post a Comment