Tuesday, June 23, 2015

झुम्छु रुबरु तिमीलाई समाउँदै,
कामिनीको सुरिलो रागसरी बगेको भाकामा डुब्दै;
दिव्य दृश्यको आभास , परमात्माको चरण स्पर्श,
दिलाएसरि नश-नशमा जब छाउँछ तरंग बहँकिदै
विशाल भेलसरि बगाउँदै बिचित्रका रंगहरु-
केहि अकल्पित् बीन बखानको कुतुहुल्ता,
तर साधरण भन्दा अपारको द्रश्य देखाउँदै ।
आवाजको ध्वनि मिलेर सुरिलो बनि बगेर
कतै गहिराइमा पुगेको,
ग्यानेन्द्रियहरुले जस्तै इन्द्रियहरु स्प्रश गरेको,
मनमा भावका लहराहरु संगितको लयमाइ
कतै पर सयर गर्दै-
यो ठाउँ देखि टाडा केही महसुस गरेझै,
नेत्रहरु खालि-खालि तरल बगाउँदै
मुस्कान पहिरिएर,
मुरुलीको लयमा नागराज नाचेझै,
त्यो शरीर संगीतको बिधी बिधानमा,
आफ्नो मनको परमात्माको दर्शन पाएझै,
सारा संसार छिनकोलाई ब्रमाण्डको रंगहरुका सानो धुलोझैँ
 झुमी- झुमी
फुर्र -
फैलिएर उडेझै ।।

No comments:

Post a Comment