Saturday, March 8, 2014

यादहरु

बित्दै गएका दिनहरुसँगै,
गाडा बन्दै गएका यादहरु,
चाउरी पर्दै गएका अनुहारहरु ;
बूढोहुँदै गएको नाताहरु ।
बालापनको ठूलाहुँदै गएका पाइलाहरु,
समयले खाँदै बिलिन हुँदै गएका पाइलाहरु;
संघर्षले ल्याएका परिवर्तनहरु।
दृश्यहरु छोपी स्वप्न थलो पुर्याउने
परेलीहरुलाई भिजाउने -
ममताका रचनाहरु;
हाँगा हानेर फस्टाउँदै गरेका नयाँ लहराहरु ,
त्यहीँ बोटमा ओइँलिएर झर्न लागेको-
कुनै बेला बैंशमा फुल्ने फूलहरु ;
शिशिरले उडाइ लैजाने त्यो संगालोहरु ,
आँखा रसाइदिने गुँजिरहेका मिठासहरु,
बाँचुन्जेलका यादहरु
पारी छितिजदेखि बग्दै आाएको वायुमा बसेका
श्रदान्जलीका टुक्राहरु
छाडि गएका यादहरु ।।


No comments:

Post a Comment